२०८१ बैशाख १५, शनिबार    

‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ सार्वजनिक

२०७८ चैत्र १९, शनिबार १८:४३ बजे

मकवानपुरको मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् । अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केशीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुची भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

मान्छेलाई बाहिरबाट हेर्दा जति सुन्दर देखेपनि उसको चरित्र त्यस्तो हुन नसक्ने भन्ने सन्देश आफ्नो गीतमा रहेको गायक बर्तौलाको भनाई छ । बर्तौैलाको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज शोहरुमा आफ्नो लोकगायन कला प्रस्तुत गर्दै आएका बर्तौलाले लोकगीतको एल्बम बजारमा ल्याउँन पाउँदा खुशी लागेको बताउँछन् । वि.स.२०६२/०६३ सालदेखि लोकदोहोरीमा रुची बढ्न थालेकोमा अहिले आफ्नो रहर एल्बम नै निकालेर पूरा गरेको उनी बताउँछन् ।

‘सानैदेखि लोकगीत सुन्ने, गुनगुनाउने गर्थे, एक दिन लोकगीत निकाल्छु भन्ने सोच मनमा पालेको थिए । ’ बर्तौला भन्छन्, ‘ लामो समयदेखिको त्यही इच्छा आज पूरा गरेको छु ।’ गीतको भिडियो ललितपुर भैंसेपाटीस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । ९ मिनेट ३० सेकेन्डको गीतमा कलाकार लोमस शर्मा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ ।