२०८० चैत्र १६, शुक्रबार    

विवाह गर्दै नीता र हरिहर

२०७९ असार १९, आईतबार १५:४५ बजे

ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै मिति पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको दुवैको विवाहको कार्डमा २४ गते दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा परिवार र निकटका साथीहरूलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् ।

 

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरूले विवाहको लगन जुराएका थिए ।

बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’ बाट अभिनयमा डेब्यू गरेका थिए ।