२०८१ बैशाख २३, आईतबार    

विरोध खतिवडा भन्छन् : चुनावपछि ओलीलाई आफ्नो हैसियतमा ल्याइन्छ

२०७८ फाल्गुन २१, शनिबार १७:४२ बजे

नेकपा एकीकृत समाजवादी मकवानपुरको भीमफेदी गाउपालिका स्तरीय अधिवेशन तथा कार्यकर्ता भेला आज शनिबार भएको छ ।

भेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री एकीकृत समाजवादी देशमा जनताको पक्षमा काम गर्न लागि परेको बताएका छन् । वर्तमान गठबन्धनको सरकारले एमसीसीलाइ हुबहु पास गर्न नदिएको बताउदै उनले आगामी चुनावमा केपी ओलीले आफ्नो हैसियत थाहा पाउने चेतावनी दिए ।

भेलामा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णु दाहाल, उपाध्यक्ष मीना लामा, पार्टी मकवानपुर जिल्ला कमिटीका सचिवालय सदस्य एवम् युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त,पार्टी जिल्ला सचिवालय सदस्य राजाराम बोगटी,जिल्ला सचिवालय सदस्य एवम् पार्टी भीमफेदी गाउँ कमिटीका इन्चार्ज शिवहरी बर्तौलालगायतको आतिथ्यता थियो ।

भेला तथा अधिवेशन पार्टी भीमफेदी गाउँ कमिटीका अध्यक्ष समिर श्रेष्ठको अध्यक्षतामा भएको हो । भेलाले श्रेष्ठकै अध्यक्षतामा एकीकृत समाजवादी भीमफेदी गाउँ कमिटी चयन गरेको छ ।