२०८१ जेठ २, बुधबार    

संविधानको रक्षा गर्न गठबन्धन बनेको हो: सहमहामन्त्री डिना

२०७९ बैशाख २७, मंगलबार १४:५२ बजे

नेपाली कााग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा गर्न र लोकतन्त्रलाई अझ मजबुत बनाउन गठबन्धन बनेको बताएकी छन् ।
स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा हेटौंडा उपमहानगरपालिका–२ र मकवानपुरगढी गाउापालिका–३ मा र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यायले एमाले अध्यक्ष केपी ओलीमा धरापमा पार्न खोजेको संविधान र लोकतन्त्रलाई बलियो बनाउन आवश्यकतालाई मध्येनजर गर्दै गठबन्धन बनेको बताएकी हुन् ।
‘एमालेबाट देशले सहि निकास पाउने स्थितिनै छैन ।’ उनले भनिन्, ‘त्यसकारण देशलाई सहि दिशामा अघि बढाउनका लागि पनि गठबन्धन भएको हो, यो कुरा हामीले जनतालाई बुझाउन जरुरी छ ।’ ओलीबाट संविधानमाथि प्रहार भएपछि सर्वसत्तावाद प्रवृत्तिविरुद्ध स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको उनको धारणा थियो ।
मकवानपुरगढीमा आयोजित कार्यक्रममा कााग्रेस नेता आनन्दराम पराजुलीले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउन र विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने दाबी गरे । मकवानपुरगढी–३ को सत्तागठबन्धनका निर्वाचन परिचालन समितिमा संयोजक शत्रुघन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउापालिका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङ्तानले व्यवस्था र सरकार परिवर्तन भएपनि संस्कार परिवर्तन नहुादा समाज परिवर्तन नभएको बताए ।
उपाध्यक्षका उम्मेदवार मानकुमारी पाख्रिनले मतदातको सुरक्षा गर्न र गठबन्धनका कार्यकताहरुलाई निर्वाचनमा संयमता अपनाउन आग्रह गरिन् । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार अर्जुन दाहाल, नेकपा (माओवादी केन्द्र)का गोपाल तिमल्सिना, कााग्रेसका गोपाल सन्जेललगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौाडा २ मा भएको कार्यक्रममा गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार विष्णुगोपाल महर्जन र कााग्रेस वडा नं. २ का सभापति भवसागर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।