२०८० चैत्र १६, शुक्रबार    

चिकित्सक विशेषज्ञ परीक्षामा १४९ जना चिकित्सक फेल

२०७९ श्रावण ८, आईतबार १२:४८ बजे
 

विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।

यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए । हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।