२०८१ जेठ ४, शुक्रबार    

नुवाकोटमाथि मकवानपुरको सानदार जीत

२०७८ फाल्गुन ३०, सोमबार १८:५१ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा जारी पुरुष फुटबलमा मकवानपुरले सानदार जीत हात पारेको छ ।

मकवानपुरले आफ्नो पहिलो खेलमा नुवकोटलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । सोमबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फुटबलमा मकवानपुरले नुवाकोटलाई ३–० अन्तरले पराजित गरेको हो । मकवानपुरको जीतमा सुदिप सापकोटाले दुई र समिरराज थोकरले एक गोल गरेका थिए । सापकोटाले खेलको ७८ र ८३ औं मिनेटमा र थोकरले ६० औं मिनेटमा गोल गरेका थिए । खेलमा दुई गोल गरेका सापकोटा खेलको म्यान अफ दी म्याच मकवानपुरका घोषित भए । खेलमा अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै सवैको मन जित्न सफल भए ।

प्रदेश खेलकुदअन्तर्गत् सोमबारको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा विजयी हुने क्रममा रामेछापको तर्फबाट श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरेका थिए । सिन्धुपाल्चोकको तर्फबाट सुजन माझी र विज्ञान थिङले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच रामेछापका गोलरक्षक युवराज तामाङ घोषित भए ।