२०८१ बैशाख २७, बिहीबार    

हेटौंडेली गोलरक्षक अशोक चम्किँदा मनाङ फाइनलमा

२०७८ माघ १३, बिहीबार १७:५८ बजे

हेटौंडा/ हेटौंडेली गोलरक्षक अशोक बरालले टाइब्रेकरमा उत्कृष्ट प्रदेश गरेसँगै पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा गोलरक्षक बरालको उत्कृष्ट बचाउसँगै त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ उपाधी नजिक पुगेको हो । निर्धारित समय र थप गरिएको समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मनाङले त्रिभुवन आर्मीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो ।

मनाङका ४ खेलाडीले गोल गर्दा आर्मीका ३ खेलाडीले मात्रै गोल गर्न सके । आर्मी र मनाङका एक एकजना खेलाडीले प्रहार गरेको बल गोलपोष्टमा लागेर बाहिरिएको थियो । आर्मीका दीपक गुरुङको प्रहार मनाङका गोलरक्षक अशोकले बचाएका थिए । मनाङका अशोक प्लेयर अफ द म्याच घोषित भए । अशोक पुराना खेलाडी भएपनि इञ्जुरीका कारण केही समय मैदान बाहिर थिए । उनले पछिल्लो समय लिग र नकाउट फुटबलमा निरन्तर प्लेइङ सेटमा स्थान बनाइरहेका छन् ।

१० लाख राशीको आहा–रारा गोल्डकपको फाइनल खेल शनिबार मनाङ मस्र्याङ्दी र एपीएफ क्लब बीच हुनेछ ।