२०८३ बैशाख ५, शनिबार    

कांग्रेस अधिवेशन: सकियो मतदान, ९ बजेबाट मतगणना

२०७८ फाल्गुन १६, सोमबार १९:०३ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनअन्तर्गत् सोमबार विहानबाट सुरु भएको मतदान प्रक्रिया सकिएको छ ।

साँझ ६ बजेबाट मतदान प्रक्रिया सकिएको  र राति ९ बजेटबाट मतगणना सुरु गरिने मतदान अधिकृत गोपीशर्मा सुवेदीले जानकारी दिए । कुल १८ सय ५१ मतदाता रहेकोमा १७ सय ६७ मत खसेको छ । सभापति पदमा तीनजना उम्मेदवार रहेका छन् ।

कांग्रेस जिल्ला सचिव बुद्ध लामा, पूर्वसचिव आनन्दराम पराजुली तथा सल्लाहकार जयराम लामिछाने सभापति पदमा उम्मेदवार रहेका छन् । खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्ने सभापतिमा चयन हुनेछन् । अन्यथा पुन: पहिलो र दोस्रो हुनेवीच निर्वाचन हुनेछ ।