२०८१ बैशाख ८, शनिबार    

डाक्टरलाई अस्पतालको चेतावनी : ड्युटी टाइममा क्लिनिकमा भेटिए तत्काल निलम्बन गर्छौ

२०७९ असार ७, मंगलबार १७:४२ बजे

हेटौंडा अस्पताल व्यवस्थापन समितिले आफने चिकित्सकहरुलाई कडा चेतावनी दिएको छ । अस्पतालको सेवाको विषयलाई लिएर सर्वत्र विरोध हुन थालेपछि अस्पताल व्यवस्थापन समिति बाध्य भएर यस्तो चेतावनी दिएको हो ।

‘सरकारी र व्यवस्थापन समितिको डाक्टर अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटेको खण्डमा तत्काल हामी निलम्बन गर्नेछौं ।’, अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले भने । ‘डाक्टर भनेको २४ सैं घण्टा आफ्नो ड्युटीमा हुन्छौं । अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा उपचारका लागि जान हामीले रोक लगाएका छौं । यदी यस्तो घटना भए हामी डाक्टरलाई निलम्बन गर्न तयार छौं ।’, उनले थपे ।

उनले अस्पतालले कोरोनाको उपचारबापत् ३ करोड र वीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड रुपैयाँ राज्यसँग लिन बाँकी रहेका कारण आर्थिकरुपमा समस्या परिरहेको बताए ।

‘नि:शुल्क औषधि हाम्रो कारण वितरण नभएको होइन । प्रदेश र संघीय सरकारले तोकिएको नि:शुल्क औषधी थोरै पठाउँदा छिट्टै सकिएको हो ।’, उनले भने ।