२०८० चैत्र १६, शुक्रबार    

प्रलेस मकवानपुरमा श्रीराम अधिकारी

२०७८ चैत्र ६, आईतबार १२:२१ बजे

प्रगतिशील लेखक संघ मकवानपुरको आठौं जिल्ला अधिवेशनले श्रीराम अधिकारीलाई अध्यक्ष चयन गरेको छ ।

हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमिल्सिना सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लिला उर्वशी, कोषाध्यक्षमा विधान आचार्यलाई चयन गरेको छ । सदस्यहरुमा मीना श्रेष्ठ, कैलाश धिताल, सूर्यबहादुर गोले, अरुण थिङ र विक्रम घलानलाई चयन गरेको छ ।

कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति साहित्य पुरस्कार प्राध्यापक डाक्टर पशुपति तिमिल्सनालाई प्रदान गरिएको थियो । प्रगतिशील लेखक संघ मकवानपुर अध्यक्ष शान्ति प्रियवन्दनाको अध्यक्षतामा भएको कार्यक्रम संघका केन्द्रीय महासचिव समीर सिंहको प्रमुख आतिथ्यतामा भएको हो ।