२०८३ बैशाख ५, शनिबार    

फुटबलको क्षेत्रमा वार्षिक एककरोड विनियोज गर्ने गठबन्धनको घोषणा

२०७९ बैशाख २१, बुधबार ११:४७ बजे

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एककरोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए । उनीहरुले खेलाडीको माग अनुसारको बजेट आफूहरु निर्वाचित भएपछि विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् । मेयर र उपमेयरका उम्मेदवार लामा र बानियाँ बुधबार विहान मैदानमै पुगेर खेलाडीहरुसँग अन्तक्र्रिया गरेका थिए ।

हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसावले देशमै चर्चित भएका कारण आवश्यकता अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता उम्मेदवारहरुले जनाएका हुन् । उनीहरुले खेल तालिका नै बनाएर प्रतियोगिता गर्नुपर्ने माग गरेका थिए । उम्मेदवारद्वयले समग्र खेलक्षेत्रको विकासमा पनि आफूहरुले काम गर्ने योजना ल्याएको र त्यसलाई कुशलतापूर्वक पूरा गर्न खेलाडी, प्रशिक्षक र खेलक्षेत्रका व्यक्तित्वहरुको सहयोग आवश्यक रहेको औंल्याएका थिए ।

हेटौंडाबाट चर्चित फुटबलर देशले पाएको छ ।