२०८१ बैशाख ७, शुक्रबार    

रोटरीले बनायो १ करोड ४६ लाख खर्चेर भवन

२०७८ चैत्र १३, आईतबार १०:३३ बजे

हेटौंडा–४ मा निर्माण गरिएको रोटरी क्लब अफ हेटौंडाको पााच तले भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।

भवन एक करोड ४६ लाख १० हजार रुपैयाा लागतमा निर्माण गरिएको हो । महतले भवन निर्माणको बााकी कामका लागि उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए । रोटरीको भवन निर्माणका लागि उपमहानगरपालिकाले एक करोड २ लाख ७७ हजार रुपैयाा सहयोग गरेको छ । मेयर महत रोटरी क्लव अफ हेटौंडाका पूर्व अध्यक्ष समेत हुन् । बााकी रकम रोटरी सदस्यहरुबाट संकलन गरिएको बताइएको छ ।

रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा रोटरीका डिष्ट्रिक गभर्नर सन्तोष रिजाल, पूर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरी र बासुदेव गोल्यान, नेपाल सरकारका पूर्व सचिव डा.तिर्थमान शाक्य, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, १० नम्बर वडा अध्यक्ष किताबसिंह लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा भवन निर्माण समितिका संयोजक ओम गोर्खालीलाई सम्मान गरिएको थियो ।