२०८१ बैशाख १४, शुक्रबार    

स्थानीय जातका धान लोप भए : प्रदेश प्रमुख शर्मा

२०७९ असार १५, बुधबार १३:०३ बजे

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाइब्रीड जातको धनको बिउको प्रयोगले नेपालमा पाइने स्थानीय जातका धान लोप हुँदै गरेको बताएका छन् ।

उनले बुधबार मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आयातित हाइब्रीड जातका धानको बिउको प्रयोगका कारण नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति लोप हुने अवस्थामा पुगेको बताए । 

 

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यावसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक रहेको बताएका छन् । प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

 

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्येको एक दिनका रुपमा विगत १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउन थालेको हो' शुभकामना सन्देशमा उल्लेख छ । सरकारले हरेक वर्ष धान दिवसलाई विषेश महत्व दिएर मनाउँदै आएको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

 

‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।