आसन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा वडा अध्यक्षका लागी उद्धव सत्यालको उम्मेदवारी पक्का भएको छ ।
नेपाली कांग्रेस १७ नम्बर इकाई समितिको बैठकबाट वडा अध्यक्षका लागी सत्याल एकजनाको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो । वडा अध्यक्षका उम्मेदवार सत्यालसँगै वडा सदस्यहरुमा समेत सर्वसम्मत भएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ नवराज न्यौपाने, अशोक घलान महिला सदस्यमा रिता दहाल र दलित महिला सदस्यमा सावित्रि विश्वकर्माको नाम सर्वसम्मत सिफारिस भएको वडाका उपसभापति प्रकाश पौडेलले जानकारी दिए । वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका सत्याल लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका छन् ।
उनले नेपाली कांग्रेसको तत्कालिन हटिया गाविस इकाई सचिव तथा सभापतिको कुशल नेतृ्त्व गरिसकेका छन् । किसान दुग्ध उत्पादन सहकारी संस्था हटियामा दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित सत्याल सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । उनले वन, खानेपानी, विद्यालय तथा दुग्ध सहकारी जस्ता संस्थाहरुमा नेतृत्व प्रदान गरिसकेका छन् ।