२०८१ बैशाख २८, शुक्रबार    

घरदैलो अभियानलाई तीब्र बनाउन सिंहको निर्देशन

२०७८ चैत्र ७, सोमबार १७:४४ बजे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए । ‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ रु, म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ रु, जनहितमा पार्टीले के गर्न सक्छ रु, जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि रु कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि रु यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ ।’ सिंहले भने । 

पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ । सिंहले भने । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए । आन्तरिक विवादहरुलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रष्ट पारे ।

कांग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरुलगायत पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । साथै प्रदेश कार्यसमितिको तेस्रो बैठक पनि आजै बस्ने भएको छ । प्रदेश महाधिवेशनपश्चात नै हेटौंंडा उपमहानगरपालिका वडा नम्वर ५ मा पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको थियो । सोमबार भने त्यसलाई औपचारिक रुपमा उद्घाटन गरिएको हो । कार्यक्रममा नेता सिंहलगायत कांग्रेसका नेताहरुले स्व। गिरिजाप्रसाद कोइरालाको तस्वीरमा माल्यापर्णसमेत गरेका थिए ।