२०८१ जेठ ४, शुक्रबार    

मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ

२०७८ माघ ५, बुधबार १४:५१ बजे

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क कालोबजारी गर्ने थप एकजना पक्राउ गरेको छ ।

मंगलबार महँगोमा मास्क बेच्ने दुईजना पक्राउ गरेको प्रहरीले बुधबार पनि थप एकजना पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महँगो मुल्यमा मास्क बेचेको जनगुनासो र निवेदन आएपछि स्थानीय प्रशासनले बजार अनुगमन गरेको थियो ।

प्रहरीले हेटौंडा–१ सम्पुर्ण फार्मेसीका सञ्चालक ३२ वर्षीया सजिता पोख्रेललाई पक्राउ गरेको हो । प्रहरीले तोकिएको भन्दा बढी मुल्य लिएर मास्क विक्री गरेको कसुरमा नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय प्रशासनले मेडिकल मास्क ५ रुपैयाँ मात्र लिएर विक्री गर्न व्यवसायीलाई निर्देशन दिइसकेको छ । प्रशासनको निर्देशन अटेर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।