२०८१ बैशाख २३, आईतबार    

लागूऔषध गाँजासहित चार जना पक्राउ

२०७८ चैत्र ९, बुधबार १४:२८ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४२ केजी अबैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ४४०९ नम्बरको ट्रकलाई रोकी सुरक्षाजाँच गर्दा चालक बस्ने सिट पछाडी लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा फेला पारेको थियो ।

पक्राउ पर्नेमा ट्रक चालक मनहरी–६ का ३१ बर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा–११ का २२ बर्षीय सागर थिङ, ट्रकमा सवार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१२ का ६० बर्षीय राजेशप्रसाद रौनियार र सोही ठाउँका ४० बर्षीया रेश्मा भर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेका ४ जनालाई लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।