२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडालाई व्यवस्थित शहर बनाउँछौं : लामा

२०७९ बैशाख १८, आईतबार १२:४१ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरकी उम्मेदवार मीना लामाले हेटौंडालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने प्रतिबद्धत जनाएकी छन् ।

हेटौंडा–११ स्थित नवलपुरमा सत्तारुढ गठबन्धनको सम्पर्क कार्यालय स्थापना गर्दै लामाले वाग्मती प्रदेशको राजधानी रहेको हेटौंडालाई थप व्यवस्थित शहरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन् । ‘हामी विजय भएपश्चात् सातवटै प्रदेशको राजधानीभन्दा हेटौंडा अव्बल र व्यवस्थित शहरको रुपमा विकास गर्नेछौं ।’, उनले हेटौंडा–११ लाई शहरीकरण गर्न आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने प्रतिबद्धता समेत जनाइन् । ‘हेटौंडालाई सौन्दर्य बनाउन हामी तपाईंहरुसँगै बसेर योजना बनाउने छौं ।’, उनले थपिन् ।

शिक्षा, रोजगार र कृषिसँगै जोड्दै हामी अगाडि बढाउनेछौं । ‘महिला र बालबालिकाको क्षेत्रमा हामी काम गर्नेछौं ।’, उनले गठबन्धनसामू चुनौती र अवसर दुवै रहेको बताउँदै एक ढिक्का भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

गठबन्धनबाट उपमेयरका उम्मेदवार राजेश बानियाँले गठबन्धनको विषयमा शंका नगर्न र मर्म अनुसार अगाडि बढ्न आग्रह गरे । उनले गठबन्धन मजबुत रहेको, जनलहर बढिरहेको र कार्यकर्तामा देखिएको उत्साहका कारण चुनाव सहजै जित्ने दावी समेत गरे ।