२०८१ बैशाख २१, शुक्रबार    

उपमेयर पदका उम्मेदवार राजेश बानियाँले गरे मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०८:०६ बजे

सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार राजेश बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः २० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ स्थित बालज्योति माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताए । कुनै त्रास वा प्रलोभनमा नपरी मतदान प्रक्रियामा सहभागी हुन उनले मतदाताहरुलाई अपिलसमेत गरेका छन् ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।