२०८१ बैशाख २४, सोमबार    

किन प्रदेश र गठबन्धनप्रति आक्रमक बन्दैछन् हरिबोल ?

२०७८ फाल्गुन २८, शनिबार १६:१२ बजे

शान्त र विकासप्रेमी नेताको छबि बनाएका हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत पछिल्लो समय आक्रमकरुपमा प्रस्तुत हुन थालेका छन् ।

विशेष गरी प्रदेश सरकार र सत्तारुढ गठबन्धनविरुद्ध उनी खरोरुपमा उत्रिएर भाषण गर्न थालेका हुने । त्यसको ज्वलन्त उदाहरण हो, पिप्ले क्याम्पा रंगशालाको उद्घाटन । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशाला उद्घाटनको क्रममा आफूविरुद्ध अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गर्दा पनि चुनाव जितेको महतले बताए । उनले केही समय अगाडिको भाषणा प्रदेश संरचनाको समेत विरोध गरेका थिए । मेयर महतले आफ्नो पार्टीकै नेताले समेत अघिल्लो स्थानीय तहको निर्वाचनमा सहयोग नगरेको आरोप उनले लगाउने गरेका छन् ।

उनी निकट स्रोतका अनुसार नेकपा एमालेमा हेटौंडाको मेयरका लागि उनीसहित अन्य दुईजनाले आकांक्ष देखाएका छन् । संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले मेयरमा दावी गरिरहेका छन् । मेयर महत पार्टीको राजनीतिमाभन्दा पनि पुन: स्थानीय तहकै प्रमुखको रुपमा कार्यकाल दोहोर्‍याउने तयारीमा रहेपनि टिकट पाउन कठिन हुने देखिएपछि आफ्नो लोकप्रियता पुष्टि गर्न यसो गरेको हुनसक्ने अनुमान राजनीतिवृत्तमा भइरहेको छ ।

‘उहाँको कार्यशैली अनुसार टिकट पाउनुपर्ने हो । तर, पार्टीमा माथिल्लो व्यक्तिसँग उहाँ सम्बन्ध कामजोर छ । गुटको राजनीति गर्नुहुँदैन ।’, उनी निकट स्रोतका अनुसार महतले आफू एक्लै बलियो रहेको तथ्यलाई पुष्टि गर्न पछिल्लो समय प्रदेश र सत्तारुढ गठबन्धनप्रति आक्रमकरुपमा प्रस्तुत भइरहेका हुन् । ‘अब चुनाव नजिकिएको छ । अन्य दलप्रति आक्रमक हुनु स्वभाविक हो ।’, उनले भने ।