२०८१ बैशाख १४, शुक्रबार    

रविन्द्र घिमिरेद्वारा वडा अध्यक्षमा दावी

२०७८ चैत्र २५, शुक्रबार १५:०२ बजे

नेपाली कांग्रेस मकवानपुरका युवा नेता रविन्द्र घिमिरेले हेटौंडा–२ को वडा अध्यक्षमा दावी गरेका छन् ।

लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायीको क्षेत्रको राजनीतिमा क्रियाशील रहेका घिमिरेले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकंक्षा व्यक्त गरेका हुन् । तरुण दल मकवानपुर पूर्वजिल्ला कोषाध्यक्ष रहेका घिमिरे नेविसंघ मकवानपुर पूर्वजिल्ला सदस्य समेत हुन् ।

श्रीकृष्ण प्रावि हेटौंडा–६ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको घिमिरे उद्योग बाणिज्य संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, जिल्ला खेलकुद विकास समितिको सदस्य समेत रहेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । रोटरी, जेसीज तथा लायन्स क्लबमा आबद्ध भएर उनले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् ।

‘पार्टीमा आबद्ध भएपछि टिकटको दावेदारी गर्नु स्वभाविक हो ।’, घिमिरेले कोरोना महामारीको समयमा वडा तहमै खटेर कार्य गरेको र स्थानीय युवा र पाकाहरुको माग अनुसार आफू अगाडि बढेको बताए ।