२०८१ जेठ ४, शुक्रबार    

अवैध लागूऔषधसहित ५ जना नियन्त्रणमा

२०७८ चैत्र १४, सोमबार १६:५३ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा अवैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले दुई स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी–६ स्थित लोथर खोलाहँुदै खयरघारीतर्फ शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आइरहेको अवस्थामा चारजनालाई पक्राउ गरेको हो । प्रहरीले धादिङ रोराङ्ग–२ का ३० वर्षीय मानबहादुर चेपाङ्ग, ३९ वर्षीय सन्तबहादुर चेपाङ्ग, मनहरी–३ का ५३ वर्षीय बुद्धीबहादुर थिङ्ग र चितवन राप्ती–११ बस्ने वर्ष ५५ को सञ्चबहादुर थिङ्गलाई फक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले एकसय केजी गाँजा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र. ३–०१–०२३ च ५६४० नम्बरको योद्दा पिकअप गाडीलाई चेकजाँच गर्दा एकसय ६५ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले हेटौडा–१३ पदमपोखरीका २८ वर्षीय अरबिन्द नेपालीलाई नियन्त्रणमा लिएको छ ।