२०८१ बैशाख २७, बिहीबार    

गाडी भाडा नबढाए चैत १ बाट आन्दोलन

२०७८ फाल्गुन २४, मंगलबार ११:३४ बजे

इन्धनको लगातार मूल्यवृद्धिपछि गाडी भाडा समायोजनमा देखिएको समस्या सम्बोधन गर्न सरकारसँग सार्वजनिक यातायात व्यवसायीहरुले माग गरेकका छन् । यही क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवलाई माग पत्र बुझाएको छ ।

अन्तिमपटक भाडा समायोजन भएयता आठपटक इन्धनको मूल्यवृद्धि भइसके पनि सार्वजनिक यातायातको भाडा वैज्ञानिकरुपमा नबढेको भन्दै महासंघले भाडा समायोजनको समस्या समाधन गर्न सरकारले ठोस कदम नचाले चैत १ गतेबाट दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत विज्ञप्तीमा उल्लेख गरेको छ । भाडा समायोजन भएको नौ महिनामा इन्धनको मूल्य आठ पटक बढे पनि यातायातको भाडा एकचोटी पनि समायोजन नभएको भन्दै महासंघले  मन्त्री यादवलाई विज्ञाप्ती बुझाएको हो ।

यातायात व्यवस्था विभागले गत असार २७ मा भाडा समायोजन गरेको थियो। त्यतिबेला डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य यसअवधिमा १२५ रुपैयाँ लिटरबाट १५० रुपैयाँ पुगिसकेको छ ।

इन्धनको मूल्यवृद्धिका कारण यातायात व्यवसायीले ठूलो नोक्सानी ब्यहोर्दै आएकोले तत्काल यातायातको भाडा समायोजन नहुने हो भने यही अवस्थामा यातायात संचालनमा कठिनाई हुनसक्ने भएकोले वैज्ञानिक भाडा समायोजन गर्न सरकारलाई अनुरोध गरेको महासंघले जनाएको छ ।

तत्काल भाडा समायोजन नगरिए कडा कदम चालिने पनि महासंघले सरकारलाई चेतावनी दिएको छ । सरकारले यातायात व्यवसायीका माग माग फागुन अन्तिमसम्ममा सम्बोधन नगरे चैत १ गतेदेखि दबाब मुलक आन्दोलनका कार्यक्रम गर्ने पनि महासंघले मन्त्री यादवलाई जानकारी गराएको छ ।