२०८१ जेठ ४, शुक्रबार    

बकैयामा मृत अवस्था भेटिए अर्जुन गुरुङ

२०७८ फाल्गुन ३०, सोमबार १५:५८ बजे

मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बकैया गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार बकैया–६ को कत्लेमा स्थानीय ५२ वर्षीय अर्जुन गुरुङको शव फेला परेको हो । उनका अनुसार गुरुङको शव बिहान ९ बजे फेला परेको हो ।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार गुरुङ विहान आफ्नो जग्गाको झाडी फाड्न बारीमा पुगेका थिए । स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।