२०८१ बैशाख २३, आईतबार    

मकवानपुर क्याम्पसका विद्यार्थी नेपाल दोस्रो

२०७९ असार २२, बुधबार १३:४६ बजे

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेपाल दोस्रो भएका छन् । वाणिज्य संकायअन्तर्गत स्नातक तहको बीबीएम कार्यक्रमको सातौं सेमेस्टरमा मकवानपुर बहुमुखी क्याम्पसकी पुष्पा दुलाल र मनिषा लुइटेलले समान ३.९३ जीपीएसहित नेपाल दोस्रो हुन सफल भएका हुन् ।

मकवानपुर क्याम्पसमा बीबीएम सातौं सेमेस्टरका सबै २५ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएको बीबीएम कार्यक्रम संयोजक मधुकुमार सिंहले जानकारी दिनुभयो । बीबीएम कार्यक्रममा यसअघि पनि मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले नेपाल प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने गरेका छन् ।