२०८१ बैशाख २१, शुक्रबार    

कमल थापा भन्छन् : नयाँ सिर्जना गर्नु बाध्यता हो

२०७८ फाल्गुन १, आईतबार १०:५४ बजे

हेटौंडा/ नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले नयाँ सिर्जना गर्नु आफ्नो लागि बाध्यता भएको बताएका छन् ।
उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरेका छन् । उनले औपचारिक रुपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् ।
‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउादै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ’, उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने । बाहिर निस्कँदा पनि सुख नपाउने । राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना वाध्यता हो ।’
थापाले नयाँ पार्टी सोमबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने तयारी गरेका छन् ।