२०८१ बैशाख १५, शनिबार    

सुमन पाख्रिन भए युवा परिषद् मकवानपुर अध्यक्ष

२०७९ जेठ १२, बिहीबार १७:१८ बजे

युवा परिषद् मकवानपुर अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् ।

पाख्रिनलाई विहीबार वाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नियुक्त गरेका हुन् । जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो ।

उनी नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल वाग्मति प्रदेशका सह–संयोजक समेत हुन् ।