२०८१ बैशाख १५, शनिबार    

स्वास्थ्यकर्मी संघको सक्रियता बढ्यो, वरिष्ठ डा. कांग्रेसमा प्रवेश

२०७८ चैत्र २४, बिहीबार ०८:४८ बजे

स्थानीय तहको निर्वाचन नजिकिएसँगै स्वास्थ्यकर्मी संघ मकवानपुरले आफ्नो सक्रियता बढाएको छ ।

संघले नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग स्थानीय तहको निर्वाचन र स्वास्थ्यकर्मीको भूमिका विषयमा अन्तक्र्रिया समेत गरेको छ । स्वास्थ्यकर्मी संघ मकवानपुर संयोजक सुधिर दाहालका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी सहयोग पु¥याउन सकिन्छ भनेर कांग्रेस नेतासँग अन्तक्र्रिया गरिएको हो । दाहालले बढीभन्दा बढी स्थानमा कांग्रेसको उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्ने निष्कर्षमा संघ पुगेको बताए ।

बानियाँले स्वास्थ्यकर्मीसँगको छलफलको क्रममा कोभिड महामारीमा चिकित्सा क्षेत्रले खेलको भूमिकाको प्रशंसा समेत गरेका थिए । पेशासँगै बचेको समय कांग्रेसमा रहेर देश र जनताको सेवा लाग्न समेत बानियाँले स्वास्थ्यकर्मीहरुलई आग्रह गरेका थिए ।

कार्यक्रममा लामो समयदेखी रेडियो लोजिस्टकारुपमा काम गरिरहेका अनुभवी डा. सुबास बनैता र बरिष्ठ फिजिसियन डा. बिजय कुमारले कांग्रेसको सदस्यता ग्रहण गरको थिए । सोही कार्यक्रममा स्वास्थ्यकर्मीहरु सुदिपसिंह भारद्धाज, सन्दिप निर्मल, सुजिता चौधरी, जयकिशोर सोनी, समिर राई, माजीलाल लामा लगायतलाई प्रदेश सभापति बानियाँले टिका खादा लगाएर स्वागत गरेका थिए ।