२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुरमा मनहरीबाट सुरु भयो खोप अभियान

२०७८ चैत्र २५, शुक्रबार १४:२३ बजे


मकवानपुर जिल्लाको मनहरीबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

मकवानपुरको विभिन्न विद्यालयमा बालबालिकालाई टाइफाइड खोप लगाउन शुक्रबारबाट सुरु गरिएको हो । टाइफाइड विरुद्धको खोप अभियान मकवानपुरको मनहरी गाउँपालिका–५,भोजसिद्ध माध्यामिक विद्यालयबाट सुरु भएको हो । खोप अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरे सुरु गरेका थिए ।

जन्मिएको १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताए । नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ । हेटौंडाका बिद्यालयसहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत् खोप लगाइने भएको छ ।

खोप विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई लगाइने लक्ष्य लिइएको छ । बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइनेछ ।