२०८१ जेठ ५, शनिबार    

जयरामको इलाकामा आनन्दरामको इन्ट्री

२०७८ फाल्गुन ११, बुधबार १८:५० बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिएसँगै सभापतिको दौडमा रहेकाहरु मत माग्न कार्यकर्तामाझ पुग्न थालेका छन् ।

हाल सभापतिको दौडमा रहेका आनन्दराम पराजुली र जयराम लामिछाने क्षेत्रीय प्रतिनिधिसँग भेटघाटलाई तीब्र पारेका छन् । अघिल्लो महिना सभापतिका प्रत्याशी पराजुलीको सम्पर्क कार्यालय नजिकै हेटौंडा–२ स्थित कांग्रेस चोकमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेर लामिछानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

निर्वाचन नजिकिएसँगै लामिछानेको भोट बैंकको रुपमा हेरिएको मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा सभापतिको अर्का प्रत्याशी पराजुलीले बुधबार मत माग्न पुगेका छन् । राजनीतिक वृत्तमा यसलाई जयरामको इलाकामा आनन्दरामको इन्ट्रीको रुपमा हेरिएको छ । हाल सभापति पदमा उमेदवारी घोषणा गरेका पराजुली संस्थापन र लामिछाने संस्थापन इतर समूहका हुन् ।

पराजुली आधा दर्जन सवारीसहित युवा नेताहरु बोकेर मत माग्दै थाहा नगर पुगेका हुन् । उनी दुईदिन त्यही बसेर मतदातासँग अन्तक्र्रिया गर्ने बुझिएको छ ।