२०८१ बैशाख १३, बिहीबार    

पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवन उद्घाटन

२०७८ चैत्र ९, बुधबार १०:३२ बजे

हेटौंडा–९ स्थित कुष्माण्ड सरोवर धाममा निर्माण गरिएको अक्षयधाम लक्ष्मीनारायण मन्दिर तथा पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवन उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । नेपाल तीर्थ प्रकाश संघ केन्द्रीय कार्यालयद्वारा निर्मित भवनलाई पूर्वीय दर्शन गुरुकुल विद्याश्रमको रुपमा प्रयोग गर्ने बताइएको छ ।

भवनको उद्घाटन गर्दै बानियाँले सत्यको बाटोमा हिँड्न गाह्रो हुनेभन्दै सवैजना सत्य र ठिकको बाटोमा हिँड्न जरुरी रहेको औंल्याए । उनले भवन निर्माणका लागि आवश्यक बजेट सहयोग गर्ने प्रतिबद्धता जनाए । भवनको बाँकी कार्य सम्पन्न गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

तीर्थ प्रकाश संघ अध्यक्ष देवीप्रसाद कोइरालाको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा सचिव गंगाप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भवन निर्माणका लागि प्रदेश, स्थानीय सरकार तथा विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको संस्थाका महासचिव सुनिल अधिकारीले जानकारी दिए । उनका अनुसार भवनको दोस्रो तल्ला निर्माण यसैवर्षबाट सुरु हुनेछ ।