२०८१ बैशाख १३, बिहीबार    

सञ्चोले प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्ने

२०७९ असार ११, शनिबार १३:३४ बजे

सञ्चो हस्पिटल प्रालिले शनिबार हेटौंडामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरको स्वास्थ्य चेकजाँच गरेको छ ।

विशेषज्ञ डाक्टरहरुसहित हस्पिटलले आश्रममा नि: शुल्क स्वास्थ्य परीक्षण गरेको हो । गतजेठ २३ गते हस्पिटलको अध्यक्षमा बिजय पुडासैनि सर्वसम्मत चयन भएसंगै पुडासैनीले गरिब र असहायलाई सहुलियत र नि:शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता दिए अनुसारको कार्यको थालनी गरेको पुडासैनीले जानकारी दिए ।

उनका अनुसार अस्पतालले प्रत्येक महिना आश्रममा आश्रितहरुको स्वास्थ्य परीक्षण गर्नेछ । अस्पतालले महिनाको दोस्रो शनिबार मानव सेवा आश्रमै पुगेर नि: शुल्क स्वास्थ्य परीक्षण गर्ने र हरेक पटक विशशेषज्ञ पनि फरक फरक लैजाने पुडासैनीले जानकारी दिए । उनका अनुसार अस्पतालले प्रत्येक शनिबार विभिन्न स्थानमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।

अस्पतालले २ सय जनामा गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएकोमा धेरैमा मुटुको समस्या, मानसिक समस्या, हाडजोर्निको समस्या देखिएको छ । आश्रममा २० जना बालबालिका, ७० महिला र १ सय १० पुरुषका आश्रित छन् ।