२०८१ बैशाख ७, शुक्रबार    

नयाँ वर्षको शुभकामनासंगै महिला पत्रकारलाई सेनेटरी प्याड

२०७८ चैत्र ३०, बुधबार १२:५८ बजे

२०७९ सालको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा मकवानपुरका महिला पत्रकारहरुलाई सेनेटरी प्याड उपलब्ध भएको छ । बुधबार एक कार्यक्रमबिच नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा सञ्चारिका समूह मकवानपुरको व्यवस्थापनमा महिला पत्रकारहरुलाई सेनेटरी प्याड उपलब्ध गराएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई पनि प्राथमिकता दिने गौतमले बताए। यसैगरी फिचर लेखन तथा भिडियो सम्पादन तालिम पनि पत्रकारहरुको माग रहेकाले यस कार्यक्रम पनि गरिने जानकारी दिएका छन् । महासंघका केन्द्रिय सदस्य सुनिल खड्काले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य सेनेटरी प्याड कार्यक्रमलाई पहल गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्  ।

महासंघ प्रदेशकी उपाध्यक्ष सम्झना कार्कीले सकारात्मक धारणा विकास भएको र महासंघले पारिवारिक भुमिका निभाएकोमा खुशि ब्यक्त गरेका छन्। यस्तै वरिष्ठ पत्रकार प्रताप विष्टले महिला पत्रकारहरुमा हुने विभिन्न समस्याहरुमा एउटा समस्यालाई हल गर्न सहयोग पुगेको बताएका छन् । पुरुष र महिलाको साथ तथा सहयोगले महिला पत्रकारहरुलाई अघि बढ्न प्रेरणा मिल्ने उहाँको धारणा रहेको छ ।

सञ्चारिका समूह मकवानपुरका संयोजक सरिता दाहालले महिला पत्रकारहरुले सेनेटरी प्याड किन्न नसक्ने होइन, पुरुष र महिलाको समन्वयलाई मात्र अपनत्व गरिएको बताइन्। यसअघि सञ्चारिका समूह मकवापुरको आयोजनामा महिला पत्रकारहरुलाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएको थियो ।