२०८१ बैशाख ८, शनिबार    

आनन्दराम भन्छन् : मेरो विषयमा भ्रम छरियो

२०७८ फाल्गुन १०, मंगलबार १२:५४ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर सभापतिमा उम्मेदवारी घोषणा गरेको युवा नेता आनन्दराम पराजुलीले आफूबारे भ्रम छर्ने काम भएको बताएका छन् ।

सभापतिमा उम्मेदवारी दावी गरिरहेको समयमा अन्य उम्मेदवारले आफूलाई मेयरको उम्मेदवार मात्र भएको भनेर भ्रम छरिरहेको बताएका हुन् । ‘अहिले पार्टीको अधिवेशन हो । स्थानीय तहको निर्वाचन होइन । पार्टी र स्थानीय तहको निर्वाचन फरक विषय हो । अहिले म सभापतिको उम्मेदवार हुँ । मेयरको होइन ।’, हेडम्वा न्युजसँग कुराकानी गर्दै पराजुलीले भने ।

‘पार्टीको सभापति हुने कुरा पार्टी व्यवस्थापन गर्ने कुरा हो । स्थानीय तहको चुनावमा मेयर हुने कुरा, जनताको माझ जाने कुरा भनेको जनतासँग जो नजिक छ पार्टीले त्यसैलाई पठाउने कुरा हो । अहिले यो पार्टीको अधिवेशनमा सभापति र मेयरको चुनावलाई जोडिराख्न आवश्यक छैन । यसलाई जोडेर भ्रम सिर्जन गर्ने काम भइरहेको छ । यसको खासै तुक छ जस्तो मलाई लाग्दैन । पार्टी चलाउन सक्षमले पार्टीको पद लिने हो । जनतामाझ लोकप्रिय पार्टीको नेताले मेयरलगायत संसदीय फााटमा काम गर्ने हो ।’, उनले भने ।

पराजुलीले कांग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रहादुर बानियाँले २०७० सालको संविधानसभाको निर्वाचनमा बिजयी भएपश्चात् मकवानपुरमा कांग्रेसजनकोसंख्या ह्वात्तै बढेको र छ । अब मकवानपुरलाई त्यहि गतिमा कांग्रेसमय बनाएर अगाडि लैजान सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए ।