२०८१ जेठ १, मंगलबार    

टिपरको ठक्करबाट स्कूल हिँडेका दिदीबहिनीको मृत्यु

२०७८ चैत्र १६, बुधबार १५:१६ बजे

टिपरको ठक्करबाट स्कूल हिँडेका दुई बालबालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल तनावग्रस्त बनेको छ । गोकर्णेश्वर नगरपालिका-१ , मेलम्ची चोकमा आज बिहान साढे ८ बजेतिर बालुवा लोड गरिएको बा. ४ ख ६९६५ नम्बरको टिपरले बा। ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


टिपरको ठक्करबाट रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टी र ४ वर्षीया श्रेयाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । चालकको लापरावाहीका कारण दुर्घटना भएको र बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। ।

स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनास्थलमै शव छाडेर स्थानीयको प्रदर्शन बढ्दै गएपछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय प्रमुख हरि पालले अहिले वार्ता भइरहेको बताए ।