२०८१ बैशाख २५, मंगलबार    

प्रशिक्षक दासानायकेले‌ राजिनामा दिए

२०७९ श्रावण ४, बुधबार १६:४० बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् । गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए । पुबुदु गत पुसमा नेपाल आएका थिए ।

 दासानायके मुख्य प्रशिक्षक हुँदा नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । पुबुदुको पहिलो प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म डिभिजन चारदेखि दुई सम्मको यात्रा गर्यो ।

क्यानभित्रको आन्तरिक किचलोको कारण दासानायकेले सन् २०१५ मा नेपाली क्रिकेट छाडे । ६ वर्षपछि पुन: दोस्रो कार्यकालका लागि फर्किएका दासानायकेले लगातार कमजोर नतिजा हात पारेका छन् । 

दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडिआईमध्य ९ मा हार र ४ मा जित हात पारेको छ । एक खेल बाराबरीमा सकिएको छ । टि२० क्रिकेटमा १३ खेलमा १० मा जित र ३ मा हार छ । ओडिआईको १२ खेल विश्वकप लिग–२ का हुन् । जसमा नेपालले ७ खेल हारेको छ ।