२०८१ जेठ ४, शुक्रबार    

प्रतिमा श्रेष्ठ बनिन् देवा देय् दबुको अध्यक्ष

२०७८ फाल्गुन २८, शनिबार १६:२३ बजे

नेवा देय् दबु हेटौंडा उपमहानगर समितिको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छन् । हेटौंडामा भएको भेलाले नेवा देय् दबुको हेटौंडा उपमहानगर समिति गठन गरिएको हो ।

१९ सदस्यीय समितिको उपाध्यक्षमा संग्राम श्रेष्ठ, सचिवमा मनिषमान श्रेष्ठ, कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । दबुको सदस्यमा कृष्णलाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जनरल श्रेष्ठ, सागर बलामी, गायत्री श्रेष्ठ, सुदीप श्रेष्ठ, गमला राजभण्डारी, सृष्टी गोर्खाली, दिलकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

भेलाले बागमती प्रदेश अधिवेशनमा सहभागी हुन प्रतिमा श्रेष्ठ, शिवकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, सुदीप श्रेष्ठ र दिलकुमार श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ । हेटौंडा उपमहानगरका १९ वटै वटाबाट प्रतिनिधिको सहभागिता रहने गरी नगर अधिवेशन गरिने नवनिर्वाचित अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।