२०८१ जेठ ४, शुक्रबार    

जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित

२०७८ माघ ७, शुक्रबार १५:३८ बजे

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ ।

प्रशासन कार्यालयमा कार्यरत् कर्मचारीमा ओमिक्रोन भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतबारबाट माघ १४ गते शुक्रबारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबाल परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराएका छन् ।

‘यस कार्यालयका कर्मचारीहरु समेत कोरोना संक्रमित हुन गई उपचार एवम् होम आइसोलेसनमा रहेकोहुँदा सेवाग्राहीको चापलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हौं ।’, सहायक प्रजिअ गैह्रेले भने ।

‘शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहनेछ ।’, उनले भने ।