२०८१ बैशाख २१, शुक्रबार    

मादक पदार्थ सेवन र विक्रीवितरणमा प्रतिबन्ध

२०७९ बैशाख २७, मंगलबार १०:३१ बजे

मकवानपुर जिल्लामा मादक पदार्थ सेवन तथा विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यस्तो निर्णय गरेको हो । प्रशासन कार्यालयले मंगलबार राति १२ बजेटबाट जिल्लाभर मादक पदार्थको सेवन तथा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै वैशाख ३० गतेसम्म जिल्लाभर मादक पदार्थको सेवन तथा विक्री वितरणमा रोक लगाएको जनाएको छ । मतगणना स्थलको ५ सय मिटर आसपास क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्न रोक लगाएको सूचनामा जनाइएको छ ।