२०८१ जेठ ५, शनिबार    

मकवानपुरको विकटमा मौलाउँदै अफिम खेती

२०७८ फाल्गुन १२, बिहीबार ०८:५७ बजे

हेटौंडा/ मकवानपुरको उत्तर–पश्चिमी क्षेत्रमा अफिम खेती मौलाउन थालेको छ ।

गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अध्ययन सुरु भइरहेका बेला २/३ वर्षअघिदेखि सुरु भएको अफिम खेतीले गाँजालाई विस्थापित गर्न थालेको हो । मूल्य महँगो र ढुवानी गर्न पनि सहज र सरल हुने भएकाले लागूऔषध तस्करको उक्साहटमा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा अफिम खेती मौलाएको हो ।

लागूऔषध ब्युरो काठमाडौं, वाग्मती प्रदेश दंगा नियन्त्रण हेटौंडा र जिल्ला प्रहरी कार्यालय हेटौंडाको संयुक्त प्रहरी टोली गतसाता दुईवटै गाउँपालिकामा गाँजा खेती नष्ट गर्न गएका थिए । तर सोचेअनुसार गाँजा खेती नभेटिएको प्रहरीले जनाएको छ । ‘अब अफिम खेतीलाई नियन्त्रण गर्न सकिएन भने अर्को वर्ष अफिमले गाँजा विस्थापित गर्ने देखियो,’ उनले भने ।

गतवर्ष अफिम प्रतिकेजी २ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री भएको स्थानीयले बताएका छन् । अफिम खेती गर्न तस्करहरूले जग्गावाला कृषकलाई २५ प्रतिशत रकम पेस्की दिन्छन् । गाँजा खेती र ओसारपसारमा संलग्न राक्सिराङ र कैलाश गाउापालिकाका ३ सय जनाभन्दा बढी मुलुकका विभिन्न कारागारमा छन्  ।