२०८१ बैशाख २३, आईतबार    

प्रजातान्त्रिक युवक संगठन उपाध्यक्षमा अर्जुन ढुङ्गना चयन

२०७८ फाल्गुन २२, आईतबार १४:२६ बजे

कमल थापाले पुनस्र्थापना गरेको राप्रपा नेपाल पाटीको भ्रातृ राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको केन्द्रीय उपाध्यक्षमा हेटौंडा–८, कमानेका अर्जुन ढुङ्गना चयन भएका छन् ।

काठमाण्डौमा भएको भेलाले ढुगंनालाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । राप्रपा परित्याग गरी राप्रपा नेपाल स्थापना गरेका थापा नेतृत्वको राप्रपा नेपालमा ढुङ्गना सक्रिय भएर लागेका थिए । उनी लामो समयदेखि थापाको पक्षमा वकालत गरिरहेका छन् ।

ढुङ्गना तत्कालिन राप्रपाका युवक संगठनको नेताको रुपमा रहेका थिए ।