२०८१ बैशाख २३, आईतबार    

भीमफेदीमा माओवादीलाई सुरुवाती अग्रता

२०७९ बैशाख ३१, शनिबार ०५:४६ बजे

मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।

पहिलो चरणमा ८०० मत गणनाहुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याएका छन् । एमालेकी पार्वती रानाले ३१५ मत ल्याएकी छन् ।

हाल वडा नम्बर १ र २ को मतगणना भइरहेको छ ।