२०८१ बैशाख १४, शुक्रबार    

किन लागे बानियाँ गठबन्धनको पक्षमा

२०७८ चैत्र १२, शनिबार ११:१६ बजे

नेपाली कांग्रेस नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफलमै रहेको छ । सोही क्रममा केन्द्रीय समितिको वैठकले गठबन्धन गरेर अगाडि बढ्ने अन्तिम निष्कर्षमा पुग्नै थालेको छ ।

काठमाडौंमा भएको केन्द्रीय समितिको वैठकमा वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि गठबन्धन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको विश्वासको पात्र रहेका बानियाँ मकवानपुुरे नेता हुन् । उनलाई मकवानपुरमा ‘म्यान फर इलेक्सन’ को रुपमा चिनिन्छन् । उनी जसरी भएपनि चुनाव जित्नुपर्छ भन्ने धारणा भएका व्यक्ति हुन् ।

बानियाँ र देउवा दुवैको एउटै स्वर सदैव रहन्छ । उनीहरु दुवै ‘जसरी भएपनि चुनाव जित्नुपर्छ’ भन्नेर आफ्नो कार्यकर्तालाई भन्ने गरेका छन् । बानियाँ मकवानपुर सभापति रहँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादीसँग केही स्थानमा तालमेल गरेका थिए । अहिले पनि बानियाँले मकवानपुरमा तालमेलको विषय लगभग टुंग्याइसकेका छन् ।