२०८१ बैशाख २९, शनिबार    

हेटौंडा–११ मा न्यौपानेको पल्लाभारी

२०७८ चैत्र ३०, बुधबार १४:३२ बजे

एमाले हेटौंडा–११ बाट सिफारिस भएकामध्ये सवैभन्दा बलियो उम्मेदवार रामचन्द्र न्यौपाने देखिएका छन् ।

सामाजिक क्षेत्रमा सक्रिय न्यौपाने स्थापनाकालदेखि नै सहिद स्मारक विकास समितिको कार्यलय प्रमुखको रुपमा कार्यरत् छन् । २०५४ को स्थानीय निकायको चुनावमा आफूले पाएका वडा अध्यक्षको टिकट गोकर्णप्रसाद पराजुलीलाई हस्तान्तरण गरेका थिए । उनले गत चुनावमा पनि पराजुलीलाई नै समर्थन गर्दै आफू वडा सदस्यमा उम्मेदवारी दिएका थिए । न्यौपानेले एमालेको राजनीतिमा २०३४ सालदेखि अनेरास्ववियुबाट सुरु गरेका थिए ।

उनले एमालेका तत्कालिन चर्चित नेताहरु रामेश्वर राना र केदार न्यौपानसँगै २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ को आन्दोलनमा हेटौंडेली आन्दोलनकारीको अगुवाइ समेत गरेका थिए । विभिन्न सामाजिक संघसंस्थामा आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको न्यौपानेलाई वडा अध्यक्षरुपमा अगाडि सार्न जरुरी रहेको स्थानीय बताउँछन् ।

गैसस महासंघ, रेडक्रसलगायतका संस्थामा समेत क्रियाशील छन् । हेटौंडा ११ वडा एमालेबाट टिकट दिँदा जित्ने पक्कापक्की रहेको एमाले वृत्तमा मात्रै नभइ नेकपा (एस) देखि कांग्रेस, माओवादीसम्मको व्यक्तिगत भोट तान्न सक्ने स्थानीयबासी बताउँछन् । न्यौपानेको पक्षमा केन्दिय सदस्य एवम् मकावानपुर इञ्चार्ज रामेश्वर राना, वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, एमाले युवा नेता सन्तोष चौलागाईंको साथ रहेको बुझिएको छ ।