२०८१ जेठ ४, शुक्रबार    

मनहरीमा लफडा, प्रशासकीय अधिकृतको कक्षमा तालाबन्दी

२०७८ माघ ५, बुधबार १५:३६ बजे

हेटौंडा/ बालमैत्री सहजकर्तालाई बर्खास्त गरेपछि सिंगो बालमैत्री अभियानलाई असर पुगेको भन्दै आन्दोलित मनहरी गाउँपालिकास्तरीय बाल सञ्जालले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा तालाबन्दी गरेको छ ।

बुधवार दिउँसो प्ले कार्डसहित धर्नामा उत्रेका बाल सञ्जालका पदाधिकारी र सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई आफ्ना मागहरुका सम्बन्धमा बाल सञ्जालका पदाधिकारीहरुले जानकारी गराएको र सो क्रममा उहााले बालमैत्री सहजकर्ता पुनर्वहालीका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएको बताइएको छ ।

पुस २७ गते बसेको कार्यपालिका बैठकले बालमैत्री सहजकर्ताहरुलाई बर्खास्त गरी माघ १ गतेबाट बाममा नलगाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण २ जना गर्भवती र २ जना सुत्केरी बालमैत्री सहजकर्तासहित ९ जनाको दैनिक ज्यालादारीको काम खोसिएको थियो । चालू आर्थिक बर्षको असार मसान्तसम्मका लागि बालमैत्री सहजकर्ता राख्न जम्मा ७ लाख २९ हजार रुपियाा आवश्यक भए पनि गाउापालिका अध्यक्ष एकराज उप्रेतीले स्रोतको अभावमा उनीहरुलाई बिदा दिइएको प्रतिक्रिया दिनु भएको छ ।

गाउँपालिकामा अनावश्यक शीर्षकहरुमा असंख्य खर्च भइरहेको छ भने कर्मचारीहरुलाई दोहोरो र तेहोरो भत्ता खुवाउने गरी गाउासभाबाट बजेट बिनियोजन गरिएको पाइएको छ ।
समयमै वार्ता र सम्वादमार्फत निर्णय नसच्याए अझ कडा आन्दोलन गरिने बाल सञ्जाल मनहरीका अध्यक्ष आशिष बुढाथोकीले बताए ।