२०८१ बैशाख २०, बिहीबार    

कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशन दुई दिन सर्‍याे

२०७८ फाल्गुन ५, बिहीबार १५:०८ बजे

 नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशनकाे मिति दुई दिन पर सरेकाे छ। अधिवेशन हुँन बाँकी १६ जिल्लाकाे अधिवेशन दुई दिन पर सारेर फागुन १५ गते हुने भएकाे हाे। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेकाे सचिव केशव रिजालले जानकारी दिए।

कांग्रेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ।

१३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव परेकाले अधिवेशनकाे मिति केही पर सार्न निधिका पुत्र एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुराेध गरेका थिए।