२०८१ बैशाख २३, आईतबार    

पत्नीको कुटाईबाट पतिको ज्यान गयो

२०७८ चैत्र ८, मंगलबार १९:५५ बजे

मदिरा सेवन गरी मंगलबार साँझ हेटौंडा–३ जम्बोमा पत्नीको कुटाईबाट पतिको ज्यान गएको छ।

हेटौंडा–३ जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट ४३ बर्षीय पति मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। पत्नीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।