२०८१ बैशाख २२, शनिबार    

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

२०७८ फाल्गुन १८, बुधबार १८:४८ बजे

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

फागुन १२ गते मनहरी–८ का २८ वर्षीय राजकुमार लोप्चनको मोटर साइकल चोरी गरेर फरार रहेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।

लोप्चनको घरमा पार्किङ गरी राखेको ना. ६२ प ९६४२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने हेटौंडा–११, नमूनाचोकस्थित डेरामा बस्ने २३ वर्षीय विशाल विश्वकर्मा र हेटौंडा–१० घर भई हाल मनहरी–८ सिम्पानि स्थितमा अटो ग्यारेज सञ्चालन गर्ने २२ वर्षीय रवि साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट १४ दिन म्याद थप गरेको छ ।