२०८१ जेठ ८, मंगलबार    

मनजित्ने गरी काम गरेको छु, मत अवश्य आउँछ : हिदम लामा

२०७९ बैशाख १८, आईतबार १९:५७ बजे

नेकपा एमालेको तर्फबाट भीमफेदी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार हिदम लामाले जनताको मन जित्ने गरी काम गरेको कारण आफ्नो पार्टीले जित्ने दावी गरेको छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको क्रममा प्रचारप्रसार र घरदैलो अभियानमा व्यस्त रहेका लामाले अघिल्लो निर्वाचनमा विजयी भएपश्चात् जनताको मन जित्ने गरी काम गरेको दावी गरे । ‘जनताको सुख दु:खमा सँगसँगै हिँडेको छु । त्यसकारण जनताले विश्वास गरेर मतदान गर्ने अपेक्षा गरेको छु ।’, उनले भने । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार रञ्जित रानालाई पराजित गर्दे लामा विजयी भएका थिए ।

उनी भीमफेदीको विकासका गर्न अर्को कार्यकालका लागी निर्वाचनमा होमिएका छन् । युवा नेताको पहिचान बनाइसकेका लामा अहिले चुनावी अभियानअन्र्तगत् जनताको घरघरमै पुग्न थालेका छन् । ५ वर्षे कार्यकालमा निकै महत्वपुर्ण काम गरेको बताउँदै बाँकी रहेका अन्य काम पूरा गर्न आफूलाई जिताउन आग्रह गर्दै अध्यक्षका उम्मेदवार लामा जनताको घरघरमै पुग्न थालेका हुन् । ‘भीमफेदीमा धेरै विकास निर्माणको काम गरेका छौं । अहिले सुरु गरेको काम सम्पन्न गर्न र नयाँ कामको थालनी गर्न उम्मेदवार बनेको हुँ ।’, उनले भने ।

       उनले आफ्नो कार्यकालमा विकट क्षेत्रमा सडक पुर्‍याएको, स्ल्याब ढलान गरिएको, खानेपानी आयोजना ल्याइएको बताए । शिक्षा क्षेत्रको विकास गरिएको, भीमफेदीमा सुविधासम्पन्न अस्पताल निर्माणको काम अघि बढाइएको उनले बताए । पर्यटन क्षेत्रको विकास गर्न चिसापानीगढी क्षेत्रको संरक्षण गर्ने काम सुरु भएको, कृषि क्षेत्रको विकासमा विभिन्न अनुदान, पशुपालनमा अनुदान लगाएतका कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

उनले भीमफेदी गाउँपालिकाको विकासमा निरन्तर लागि परेको बताउँदै उनले भीमफेदीका जनताले आफूलाई जिताउने विश्वास समेत व्यक्त गरे । उनले आफू निर्वाचित भएपछि अझै मेहेनत र आत्मविश्वासका साथ भीमफेदीको विकासका लागी अहोरात्र खटिने बताए ।