२०८१ बैशाख २८, शुक्रबार    

प्रदेश सरकारले मल कारखाना खोल्ने

२०७८ माघ १७, सोमबार १९:३३ बजे

 

हेटौंडा/ वाग्मती प्रदेश सरकारले विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले गरेको छ । ‘प्रदेश सरकारले यस विषयमा कम्पनीसँग छलफल गरिरहेको छ । हामी आवश्यक परामर्श गरेर अगाडि बढ्नेछौं ।’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले सरकारले मल कारखाना खोल्नका लागि आवश्यक विद्युतको व्यवस्था गर्न प्राधिकरणसँग छलफल समेत गर्ने भएको छ । ‘धेरै खर्चभन्दा पनि सानो सानो खालका कम खर्चमा हुने उद्योग खोल्ने भनेका हौं ।’, उनले भने ।

       मन्त्रिपरिषद्को वैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने वहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने भएको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय वैठकले गरेको छ । ‘सामुदायिक विद्यालयमा अध्ययन गरेका सवै छात्रालाई स्नातकोत्तरको शिक्षा नि:शुल्क गर्ने निर्णय समेत गरेका छौं ।’, मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद्को वैठकले विभिन्न नीतिगत निर्णय समेत गरेको छ ।